
कोरिया सरकारले दिएको केही सामग्रीहरु प्रयोगमा आए पनि ल्याब मेसिन, निर्मलीकरण गर्ने मेसिन, कपडा धुने मेसिन लगायतका सामग्रीहरु भने दक्ष जनशक्ति र विद्युत् पानीको अभावमा प्रयोगविहीन भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ज्ञानसिंह बुढाले भनेका छन्, ‘कोरिया सरकारले मुगुलाई ठूलो सहयोग गरेको छ । जिल्ला अस्पताल मुगुलाई सेवा सुविधा सम्पन्न भवन निमार्ण गर्नुका साथै स्वास्थ्य क्षेत्रमा प्रयोग हुने लाखौं मूल्यका उपकरणहरु हरुतान्तरण गरेको छ ।’
उनले थपे ‘केही सामग्रीहरु प्रयोगमा आएका छन् भने एनलाईर मेसिन, निर्मलीकरण मेसिन, कपडा धुने मेसिनहरु भने दक्ष कर्मचारी नहुँदा सञ्चालनमा ठूलो समस्या भएको हो । अर्कोतर्फ पानी र विद्युुतको समस्याले गर्दा पनि प्रयोगमा आउन नसकेको हो ।
उक्त उपकरणहरुको सञ्चालनका लागि सरोकारवाला सबैसँग छलफल गरिएको बताइएको छ । अबको एक साताभित्र दक्ष व्यक्ति अर्थात् वायो मेडिकल इन्जिनियर आउने र सबै सामग्रीहरुको चेकजाँच गरी सञ्चालनमा ल्याइने बताइएको छ ।

arthasanjal.com/wp-content/uploads/2022/08/mugu-2.webp-768×512.webp 768w, 





