निर्मला पन्त प्रकरणमा मुछिएका बिष्टमाथि यौन दुर्व्यवहारको अर्को आरोप

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/dilip-arrested-i-768×429.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/dilip-arrested-i.webp 1018w” sizes=”(max-width: 500px) 100vw, 500px” />

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बालत्कार पछि हत्या प्रकरणमा मुछिएका दिलीपसिंह बिष्टमाथि अर्को यौन दुर्व्यवाहारको आरोप लगोको छ । २०७५ साउन ११ गते पन्तको शव भेटिएकै ठाउँ नजिक बिष्टले अर्की एक किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेको हो । उनले साउन १२ गते महेन्द्र माविमा कक्षा १२ मा अध्ययरत छात्रालाई बाटो ढुकेर यौन दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ ।

बिष्टबाट दुर्व्यवहारमा परेको भन्दै २ पटकसम्म प्रहरीकोमा जाहेरी लिएर पुगेका तर जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको पीडित पक्षको आरोप छ । तर, प्रहरीले भने जाहेरी नै नआएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रमुख एसपी श्याम चौधरीले दुर्व्यवहार भएकोबारे सूचना पाएको भए पनि जाहेरी नपरेको बताए । यद्यपि घटनाबारे बुझ्ने काम भइरहेको उनले बताए ।

बिष्टलाई यसअघि प्रहरीले निर्मलाको बलात्कार र हत्या घटनामा संलग्न भन्दै पक्राउ गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट डीएसपी अंगुर जिसीको कमाण्डमा खटिएको विशेष टोलीले पन्तको बलात्कार र हत्यामा बिष्ट दाषी रहेको निष्कर्ष निकालेको थियो ।

तर पछि निर्मलाको भेजाइनल स्बाबबाट निकालिएको वीर्यको डीएनए जाँच गर्दा मेल नखाएपछि उनलाई छाडिएको थियो । हत्या भएदेखि अहिलेसम्म दर्जनौं अनुसन्धान तथा छानबिन टोलीले कन्चपुर पुगेर निरन्तर अनुसन्धान गरिरहे पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्