सुन तोलामा ७०० रुपैयाँले बढ्यो 

Share:
arthasanjal.com/wp-content/uploads/2021/10/Gold_Sun-1024×619.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2021/10/Gold_Sun-768×464.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/10/Gold_Sun.jpg 1158w” sizes=”(max-width: 496px) 100vw, 496px” />
सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्