सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५.२९ प्रतिशतले बढ्यो

Share:
arthasanjal.com/wp-content/uploads/2022/02/sangrila.jpg 740w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  बैंकले  आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको मा नाफामा ४५.२९ प्रतिशतले वृद्धि गरेको हो । बैकले गत आर्थिक वर्षको सोहि अवधिमा ४१ करोड खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। यो अविधसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ। बैंकको खुद ब्याज आम्दानी ४४.८८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १४.५० प्रतिशत घटेको छ। नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ७९ पैसा पुगेको छ। बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ  । बैंकको निक्षेप १६.६९ प्रतिशत बढेको छ भने कर्जा २३.६० प्रतिशत बढेको छ।

विवरण अनुसार अघिल्लो आर्थिक वर्षको  तुलनामा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।

 

कमेन्ट गर्नुहोस्