
चुनावी तयारीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक भोलि (शुक्रवार) बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धन चुनावको तयारीमा जुटेको हो ।
गठबन्धनको बैठकमा सीट बाँडफाँडको मोडालिटी बनाउनेरे छलफल हुने बताइएको छ । सीट बाँडफाँड गर्ने विषयमा शीर्ष नेताहरुले कार्यदल बनाएर मोडालिटी तयार गर्ने तयारी गरेका छन् । सीट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरिएको गठबनधनका एक नेताले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/gathabandhan_coalition-1024×539.webp 1024w, 





