सरकारले मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले काम सुरु गर्ने भएको छ।
सरकारले चुनावको घोषणा गरेसँगै आयोगले दल दर्ता लगायतको काम सुरु गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। उनले आयोगले चलाइरहेको मतदाता नामावली भने भोलि देखि नै रोकिने बताए।
सरकारले निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली संकलन रोकिने परम्परा रहँदै आएकाले सोही अनुसार आयोग निर्वाचन केन्द्रित हुने उनले बताए।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/४४-768×432.webp 768w, 





