कृषि विकास बैंकको वितरणयोग्य मुनाफा करिब ४ अर्ब

Share:

कृषि विकास बैंकले २ अर्ब ३६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.१६ प्रतिशत कम हो।

बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढ्यो । खुद फि तथा कमिसन आम्दानी ११.०६ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी ७.३६ प्रतिशत र सञ्चालन मुनाफा १८.२५ प्रतिशतले घटेको हो । बैंकको नाफा घटेकाले प्रतिशेयर आम्दानी ११.१७ रुपैयाँले घटेको छ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा करिब ४ अर्ब रुपैयाँ पुगेको छ।

कमेन्ट गर्नुहोस्