तेस्रो टी-२० मा भारत विजयी

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/india-cric1659144507-768×410.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/india-cric1659144507.jpg 900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

भारतले पाँच टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारत शृंखलामा २-१ ले अघि छ। १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो । भारतका सूर्यकुमार यादवले सर्वाधिक  ७६ रन बनाए ।  यस्तै, ऋषभ पन्त ३३ रन जोडे।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पार्‍यो।

वेस्टइन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७३ रन बनाए । रोभम्यान पावेलले २४ रन जोडे ।  भारतका भुवनेश्वर कुमारले  २ विकेट लिए ।

पहिलो खेलमा भारत ६८ रनले विजयी हुँदा दोस्रो खेल बेस्ट इन्डिज ५ विकेटले जित्यो ।

कमेन्ट गर्नुहोस्