स्वतन्त्र मेयर बालेन कांग्रेस प्रवेशको तयारी, गगन थापासँग भित्री सेटिङ

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/balen_gagan-1024×576.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/balen_gagan-768×432.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/balen_gagan.webp 1280w” sizes=”(max-width: 500px) 100vw, 500px” />

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर निर्वाचित भएका मेयर बालेन शाह पछिल्लो समय एकपछि अर्को विवादमा तानिएका छन् । उनलाई मेयर बनाउँनु पर्छ भनेर हिड्नेहरुनै अहिले उनको विरोधी भएर निस्कीएका छन् ।

पटक पटक विवादमा पर्दै गएपछि मेयर शाहले राजनीतिक पार्टीहरुको साथ खोज्न थालेका छन् । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बिनियोजन गरेको बजेटमा पनि नेपाली कांग्रेस र एमाले नेताका नाममा खुलेका ट्रस्ट र फाउण्डेसनको नाममा करोडौँ बजेट बिनियोजन गरिएको छ ।

यसैबीच मेयर शाह अब स्वतन्त्र हैसियतमा नबस्ने र उनी कुनै राजनीतिक दलमा प्रवेश गर्न लागेको हल्ला चलेको छ । बालेन नेपाली कांग्रेसमा प्रवेश गर्न लागेको र कांग्रेसका महामन्त्री गगन थापासँग भित्री सेटिङ भइरहेको खबर बाहिरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री शेरबहादुर तामाङले किटानीका साथ बालेन कांग्रेसका प्रवेश गर्न लागेको दाबी गरेका छन् । यो कुराको सूचना आफूसँग भएको भन्दै तामाङले महामन्त्री थापाले यसमा कुरा गरिरहेको दाबी गरेका छन् ।

प्राइम टाइमस् टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दे एमाले नेता तामाङले बालेन कांग्रेस प्रवेश गर्न लागेको सूचना आफूसँग भएको दाबी गरेका हुन् । कांग्रेस महमन्त्री थापाले गोप्य रुपमा बालेनसँग कुराकानी गरिरहेको दाबी पनि उनले गरे ।

काठमाडौँ महानगपालिकामा कांग्रेसको बहुमत रहेकाले कांग्रेस प्रवेश गर्ने तयारीमा बालेन रहेको दाबी एमाले नेता तामाङको छ । काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम, बजेट लगायतका कुराले पनि त्यो कुरा पुष्टि हुने जिकिर गरे ।

एमाले नेता तामाङसँगै कार्यक्रममा सहभागी रहेका कांग्रेस नेता मोहन बस्नेतले पनि स्वतन्त्रहरुले चुनाव जित्नु राम्रो नभएको बताए । दलीय व्यवस्थामा दलनै प्रमुख रहने भन्दै उनले स्थानीय तहको निर्वाचनमा स्वतन्त्रहरुले जित्नु राजनीतिक पार्टीका लागि सबक भने भएको बताए ।

कांग्रेस नेता बस्नेतले मेयर शाहलाई नानीमैँया दहालसँग तुलना गरेका छन् । पञ्चायतकालमा पनि नानीमैयाले काठमाडौंबाट जितेको भन्दै यस्तो कहिले काँही हुने बताए । सबल लोकतन्त्रका लागि भने यस्ता चिजले राम्रो नगर्ने जिकिर गरे ।

कमेन्ट गर्नुहोस्