प्रतिनिधिसभा बैठक बस्दै , यस्ता छन् एजेन्डा !

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/sava-3-1024×481.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/sava-3-768×361.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/sava-3.webp 1094w” sizes=”(max-width: 500px) 100vw, 500px” />

आज प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक,२०७७’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘शपथ सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन् ।

यस्तै, बैठकमा  प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाबाट सन्देशसहित  प्राप्त तथ्यांक विधेयक २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्‍तुत गर्नेछन् ।

तेसैगरी, बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राष्ट्रियसभाबाट सन्देशसित प्राप्त स्ट्याण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक, २०७८  र प्रत्यायन विधेयक २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेकाे छ ।

कमेन्ट गर्नुहोस्