सुनको मूल्यमा आज सामान्य वृद्धि

Share:

सुनको मूल्यमा आज सामान्य वृद्धि भएको  छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२२० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्