एक वर्षमा नेपालमा एक अर्ब ३४ करोडभन्दा बढीको सिफुड भित्रियो 

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/Bhansar-bihabhag-1024×489-1-768×367.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/Bhansar-bihabhag-1024×489-1.jpeg 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />
नेपालमा एक वर्षको अवधिमा विभिन्न देशबाट १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सिफुड भित्रिएको छ ।  भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सिफुड नेपाल भित्रिएको हो ।

सो अवधिमा कुल १ अर्ब ३४ करोड ६५ लाख ८० हजार रुपैयाँको सिफुड नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।  २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा ४९ लाख ६६ हजार ३३८ केजी सिफुड नेपाल भित्रिएको विभागले जनाएको छ ।

नेपालमा सिफुड भारत, थाइल्याण्ड, डेनमार्क, भियतनाम, ब्रुनाई, चीन, नर्वे, मलेसिया, सिंगापुर, क्यानडा, कतार लगायतका देशबाट आउने गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट १ अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको सिफुड आयात गरेको थियो ।

कमेन्ट गर्नुहोस्