अपर तामाकोसीको १८ साउनमा बुक क्लोज

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/Upper_tamakoshi_hydro-768×411.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/Upper_tamakoshi_hydro.webp 810w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अपर तामाकोसी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभाको सूचना जारी गरेको छ । एक बराबर एक अनुपातमा हकप्रद जरी गर्ने प्रस्तावसहित ३ भदौमा वार्षिक साधारणसभा बोलाएको हो ।

साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि १८ साउनमा बुक क्लोज हुने भएकाले मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एक महिलासहित चारजना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ । यस्तै, साधारणसभामा अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा दोलखा जिल्लाका सामाजिक संस्थाहरुलगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा छ ।

कमेन्ट गर्नुहोस्