
आइतबार साँझदेखि कास्कीमा निरन्तर भारी वर्षा भइरहेको छ । वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको बताइएकाे छ ।
आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै स्थानीय डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको छ । काहुँखोलाबाट आएको पानीले डुबान पारेको हो ।
पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको स्थानीयले बताएका छन् । पोखरा १३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/pokhara-768×576.webp 768w, 





