प्रचण्डको विदेश भ्रमणले माओवादी केन्द्रको बैठक तालिका प्रभावित

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/prachanda-final-1024×515.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/prachanda-final-768×386.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/prachanda-final.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणमा जाने भएपछि माओवादी केन्द्रको बैठकका तालिका प्रभावित भएको छ । २१–२५ साउनसम्म अध्यक्ष प्रचण्डको जापान भ्रमण हुने भएपछि पार्टीका बैठक र  कार्यक्रम प्रभावित भएको हो ।

नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष प्रचण्ड जापान जाने भएपछि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेशका  पूर्वनिर्धारित बैठकका तालिका हेरफेर गरेको हो । बैठकको निर्णयअनुसार प्रदेश १ कोे २६ गते बैठक बस्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार मधेश प्रदेशको २ भदौमा बस्ने गरी बैठक सारिएको छ ।

लुम्बिनीको २४ साउनका लागि तय गरिएको बैठक २९ साउनमा बस्ने र २८ साउनका लागि तय गरिएको सुदूरपश्चिमको बैठक ४ भदौमा बस्ने गरी सारिएको प्रवक्ता महराले जानकारी दिए । उनका अनुसार विशेष प्रदेशको ४ भदौ, प्रवासको ६ भदौ र सम्पर्क मञ्चको ८ भदौमा बैठक बस्नेछ । प्रवक्ता महराले १५ साउन अपरान्ह ३ बजे बस्ने पार्टीको स्थायी कमिटी वैठकमा पदाधिकारी चयनको विषयमा छलफल हुने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्