सामान्य प्रशासनमन्त्री श्रेष्ठले गरे सरुवामा लाखौं रुपैयाँको मोलमोलाई

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Rajendra_Shrestha_2_z6EvOFu2gm_9uyceMjDXg-1024×586.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Rajendra_Shrestha_2_z6EvOFu2gm_9uyceMjDXg-768×439.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Rajendra_Shrestha_2_z6EvOFu2gm_9uyceMjDXg.jpg 1100w” sizes=”(max-width: 500px) 100vw, 500px” />

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । सरुवामा आर्थिक चलखेल हुने रोग भने नयाँ होइन, यो पुरानै परम्परा हो ।

मन्त्रीका सचिवालयले त्यसलाई पच्छ्याउँदै आर्थिक संकलनमा जुटेका हुन् । मन्त्रालयले पछिल्ला केही दिनयता विभिन्न स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दै आइरहेको छ । बुधबार मात्रै ६० भन्दा बढी प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा मन्त्रालयमा लाखौंको चलखेल भएको स्रोतको दाबी छ ।

अझै ठूलो संख्यामा सरुवा हुनेको सूची बन्नेक्रममा रहेको बताइएको छ । एकपटक भएका दर्जनौं सरुवा संशोधन गर्दै रकम उठाइएको छ । आकर्षक निकायका रूपमा रहेका विभिन्न स्थानीय तहमा जान पैसाको व्यापक मोलमोलाई भइरहेको स्रोतको दाबी छ । मन्त्रालयमा सरुवा माग्नेको भीड थामिनसक्नु छ । ‘सरुवामा भएको चलखेल’’बारे मन्त्री श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा उनी बिहीबार रातको ९ः३० बजे ‘पार्टीको मिटिङमा व्यस्त छु’ भन्दै सम्पर्कमा आउन चाहेनन् ।

मन्त्रीको सचिवालयकै कर्मचारीको रूचिअनुसार नभएपछि मन्त्रालयले एकपटक गरिसकेको सरुवामा व्यापक फेरबदल गर्दै सरुवालाई अन्तिम रूप दिएको छ । यसअघि पनि मन्त्री श्रेष्ठको निजी सचिवालयका कर्मचारीमाथि सरुवाका लागि कर्मचारीसँग १५ लाखसम्मको ‘बार्गेनिङ’ गरेको आरोप लागेको थियो । यो समाचार आजको राजधानीदैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्