चौथो त्रैमाससम्म आशा लघुवित्तले कमायो साढे १२ करोड

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/aasha-1024×453.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/aasha-768×340.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/aasha.jpg 1100w” sizes=”(max-width: 500px) 100vw, 500px” />

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आशा लघुवित्तले १२ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिभन्दा ०.४४ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको यसै अवधिमा यसले १२ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको सञ्चालन नाफा ३.८९ प्रतिशतले घट्दा खुद ब्याज आम्दानी भने १९.४७ प्रतिशतले बढेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १० रुपैयाँ ५९ पैसाले घटेर ३७ रुपैयाँ ०१ पैसा (वार्षिक) मा झरेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६ पैसा (वार्षिक) थियो । यसको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा छ । यसको खराब कर्जा ३.८० प्रतिशत बाट बढेर ३.८५ प्रतिशत पुगेको छ ।

कमेन्ट गर्नुहोस्