युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/syria-1024×683.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/syria-768×512.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/07/syria.webp 1440w” sizes=”(max-width: 450px) 100vw, 450px” />

केही समययतादेखि रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरुबाट सहयोग रकम प्राप्त गर्ने क्रममा पछिल्लो समयमा युक्रेनले विभिन्न दाताहरुबाट १ अर्ब ७ करोड (१.७ बिलियन) अमेरिकी डलर बराबरको सहयोग प्राप्त गर्ने भएको छ ।

सो कुराको जानकारी युक्रेनका प्रधानमन्त्री डेनिस सिमहलले जानकारी दिएका छन् । प्रधानमन्त्री डेनिसले शनिबार युक्रेनले विभिन्न दाताहरुबाट सो रकम प्राप्त गर्न लागेको जानकारी दिएका हुन् ।

सो रकम विश्वका विभिन्न दाता राष्ट्रहरुबाट प्राप्त हुन लागेको र विकास र पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय बैंकमार्फत् सो रकम प्राप्त हुने भएको पनि समाचारमा जनाइएको छ ।

विकास र पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय बैंक, अन्तर्राष्ट्रिय अमेरिकी सहयोग नियोग ९यसएस एजेन्सी फर इन्टरनेशनल डेभलप्मेन्टमार्फत् सो सहयोग उपलब्ध हुने जानकारी दिइएको छ । यहाँका औषधिसम्बन्धी कार्यक्रम र अन्य पुनर्निर्माणका क्षेत्रमा यो सहायता रकमको उपयोग गरिने जानकारी प्रधानमन्त्री डेनिसले दिएका छन् ।

रुसको आक्रमणमा परेको युक्रेनले यही सन् २०२२ को अन्त्य सम्ममा करिब २० अर्ब अमेरिकी डलर बराबरको सहायता प्राप्त गर्ने योजना बनाएको यहाँका अर्थमन्त्रीले जानकारी दिएका छन् । अमेरिका, बेलायत, जर्मनीलगायतका पश्चिमा देशहरुले युक्रेनलाई सहयोग गर्ने बाचा पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्