
प्रतिनिधिसभाले खानेपानी तथा सरसफाइ विधेयक २०७७ पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए ।
उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।
उक्त प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा सांसद खेमप्रसाद लोहनीले गणपुरक संख्या नरहेको भन्दै सभामुखको ध्यानाकर्ष गराए । तत्पश्चात तीन मिनेट घण्टी बजाएर गणना गर्दा गणपुरक संख्याका लागि ७९ जना सांसदको उपस्थिति रहनुपर्ने भए पनि ८३ जना सहभागी रहेपछि उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/07/sava-5-1-1024×478.jpg 1024w, 






