ग्वाटेमालादेखि आउँछ नेपालमा सुकमेल, एघार महिनामा करिव ६५ करोडको भित्रियो 

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/sukmel-768×511.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/sukmel.jpg 1000w” sizes=”(max-width: 451px) 100vw, 451px” />
नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँको सुकमेल आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुकमेल नेपाल भित्रिएको हो ।

सो समयमा नेपालले ४ लाख १५ हजार ७४८ केजी सुकमेल आयात गरेको विभागले जनाएको छ ।

नेपालले चालु आर्थिक वर्ष दुई वटा देशबाट मात्र सुकमेल आयात गरेको छ । छिमेकी राष्ट्र भारत र मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाबाट सुकमेल नेपालले आयात गरेको छ ।

बितेको एघार महिनामा ग्वाटेमालाबाट ३९ करोड १० लाख २८ हजार रुपैयाँको २ लाख ५० हजार केजी सुकमेल नेपालमा भित्रिएको छ ।

यस्तै, भारतबाट सोही समयमा २५ करोड ७७ लाख ६४ हजार रुपैयाँको १ लाख ६५ हजार ७४८ केजी सुकमेल नेपालले आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले ग्वाटेमाला, भारत र युनाइटेड अरब इमिरेट्सबाट ९९ करोड ६५ लाख ४६ हजार रुपैयाँको सुकमेल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

कमेन्ट गर्नुहोस्