पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु र सेवामा पनि मूल्य घट्नुपर्छ : आपूर्तिमन्त्री बडू

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Dilendra-Prasad-Badu-final-1-768×379.png 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Dilendra-Prasad-Badu-final-1.png 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धि पनि घट्नुपर्नेमा जोड दिएको छ । आइतवारको प्रतिनिधि सभाको बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिदैँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले अनुगमन गर्ने बताए ।

मन्त्री बडूले बजारमा विभिन्न वस्तु तथा सेवाको मूल्य घटे, नघटेको सन्दर्भमा विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट र संयुक्त रुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको बताए । मन्त्री बडूले असार १२ गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९ रुपैयाँ बाट २० रुपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ रुपैयाँबाट २९ रुपैयाँ घटाई १६३ रुपैयाँ मूल्य कायम गरिएको बताए ।

‘पेट्रोलियम पदार्थको मूल्य घटेपश्चात् अन्य वस्तु तथा सेवामा पनि मूल्य घट्नु आवश्यक छ । यसको लागि विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट तथा संयुक्त रुपमा सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। यो अनुगमन कार्यमा दुवै सदनका सदस्यज्यूहरु, सरकारी निकाय, स्थानीय प्रशासन, प्रदेश सरकार, स्थानीय तहका सरकारहरु, निजी क्षेत्र, नागरिक समाज र मिडियाको सक्रिय र सकारात्मक सहयोगको समेत अपेक्षा सरकारले गरेको छ’ उनले भने ।

संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बडूले सरकार जनताको हीत र चासोप्रति सधैँ संवेदनशील रहेको स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्