बालेनको चुनावी खर्च ३ लाख ९४ हजार ४८९

Share:
arthasanjal.com/wp-content/uploads/2022/05/balen-768×466.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/05/balen.jpg 840w” sizes=”(max-width: 494px) 100vw, 494px” />

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । सोमबार उनले आफ्नो फेसबुकमार्फत् स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा भएको खर्चको विवरण सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको विवरणअनुसार स्थानीय चुनावमा झन्डै चार लाख रुपैयाँ खर्च भएको छ ।

खर्च सार्वजनिक गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘खर्चको विवरण केही समयअगाडि नै सार्वजनिक भइसक्नुपर्ने थियो । तर विभिन्न कारणले ढिलो भएकामा माफी चाहन्छौं । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ (३,९४,४८९) भएको छ ।’

बालेनका अनुसार यसमध्ये मतगणनाको समयमा मात्रै एक लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो ।

मतगणना ढिलो भएर निर्वाचन प्रक्रिया लामो र बोझिलो हुनुका साथै उम्मेदवारका लागि महँगो भइरहेको बताउँदै उनले यसमा सबैको ध्यान जान जरुरी रहेको पनि बताएका छन् ।

‘भन्नै पर्ने कुरा छ– एउटा उम्मेदवारका रूपमा हामीले जुन साथ र विश्वास पायौं, त्यसलाई संसारको सबभन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गराउन हामी हर समय खटिरहनेछौँ’, उनले भनेका छन् ।

कमेन्ट गर्नुहोस्