
स्थानीय तहको निर्वाचन पछि राजनीतिक दलहरुलाई विस्तारै प्रदेश र प्रतिनिधीसभाको निर्वाचनको लाग्न थालेको छ । छ महिना भित्र हुने चुनावको तयारी भित्री रुपमा दलहरुले सुरु गरिसकेका छन् ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन गठबन्धन गरेका दलहरु बीच प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा पनि गठबन्धन होला की नहोला भन्ने जनचासो रहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका दलका शिर्ष नेताले फेरि पनि गठबन्धन गरेरै जानु पर्ने बताइरहेका बेला कांग्रेस भित्रै भने गठबन्धन गर्न नहुने आवाज फेरि कसिलोसँग उठ्न थालेको छ ।
स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले कम्युनिष्टसँग कुनै पनि हालतमा गठबन्धन गर्नु हुँदैन भन्ने आवाज जोडदार रुपले उठाएका कांग्रेसका युवा नेता गुरुराज घिमिरेले संघीय निर्वाचनमा माओवादी र समाजवादी या अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग गठबन्धन गर्नै नहुने बताएका छन् ।
नेता घिमिरले स्थानीय तहको निर्वाचनमा कांग्रेसले कम्युनिष्टसँग गरेको गठबन्धनको औचित्य पुष्टि हुनै नसक्ने पनि बताए । यो गठबन्धन सहि थियो भनेर इतिहासमा कहिल्यै पुष्टि हुन नसक्ने भन्दै उनले फेरि पनि त्यो गल्ती गर्न नहुने बताए ।
बाम गठबन्धनको चर्चा चलिरहेकै बेला कांग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्न हुन्न भन्ने आवाज दिएका घिमिरेले बाम गठबन्धन भए छ भने हुन दिनुपर्ने बताए । केपी शर्मा ओली र प्रचण्ड मिल्ने आधारहरु नदेखिए पनि मिलेछन् भने पनि केहि फरक नपर्ने उनको भनाइ छ ।
मत भन्छु प्रचण्ड र केपी ओली मिल्नुपर्छ अनी बल्ल नग्याउँन मज्जा हुन्छ, घिमिरेले भनेका छन् प्रचण्ड अहिले कांग्रेससँगको गठबन्धनमा रहेका कारण उनका कतिपय गल्तीहरुलाई मज्जाले नांगेझार पार्न नपाइएको भन्दै उनले ओलीसँग मिलेमा राम्रो हुने बताए ।
कम्युनिष्टहरुको बीचमा एकता हुन स्वाभाविक भए पनि कांग्रेस र कम्युनिष्ट गठबन्धन हुनु चाँही अस्विकार्य भएको बताएका छन् । एमाले र माओवादी मात्रै होइन नेपालमा भएका जती सबै कम्युनिष्ट मिलेर आए पनि सामना गर्न कांग्रेस सक्षम रहेको दाबी उनले गरेका छन् ।
पार्टीको माथिल्लो नेतृत्वले एक्लै चुनाव लड्ने हिम्मत नगरेको भन्दै आक्रोसित देखिएका घिमिरेले नयाँ पुस्तालाई कांग्रेस एक्लै लड्न सक्दैन भनेर देखाउँन खोजेको हो ? भन्दै आफ्नै पार्टी नेतृत्व समक्ष खरो प्रश्न गरेका छन् । कांग्रेस एक्लै उभिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको भन्दै यो मान्यता राख्नेहरुले फेरि पनि क्याम्पेनिङ गर्ने उनले बताए ।
कांग्रेसले चुनाव नहार्ने दाबी गर्दै पार्टीको नेतृत्वमा रहेका नेताहरुमा भने चुनाव हारिएलाकी भन्ने भय रहेको घिमिरेले बताए । चुनाव जित्नकै लागि मात्रै राजनीति गरेको जस्तो गर्नु र सत्ताबाहेक सबै थोक भ्रम हो जसरी कांग्रेस सत्ताका पछि कुद्नु गलत भएको उनले भने ।

arthasanjal.com/wp-content/uploads/2022/06/Political-violence-hit-me-again-Guru-Ghimire-1200×900-1-1024×768.jpg 1024w, 






