एमालेद्वारा संसद बैठक बहिस्कार, भीम रावल भित्रै

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/uml-samsad-bahiskar-768×571.png 768w, arthasanjal.com/wp-content/uploads/2022/06/uml-samsad-bahiskar.png 803w” sizes=”(max-width: 404px) 100vw, 404px” />

नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठक स्थलबाट बाहिरिएका छन् ।

बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो ।

सो घटनाको छानबिनका लागि संसदीय समिति गठन र सो दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेको र सुनुवाइ नभएको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकको बाँकी कामकारबाहीमा आफ्नो पार्टी सहभागी हुन नसक्ने सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराए । यसपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसद बैठकबाट बाहिरिए । 
तर, एमालेकै सांसद भीम रावल भने संसदको प्रक्रियामा सहभागी भएका छन् । एमालेका सांसद बाहिरिए पनि सभामुख सापकोटाले बैठक चलाइरहेका छन् । अर्थमन्त्री शर्माले विनियोजन विधेयकमाथि जवाफ दिएका छन् ।
कमेन्ट गर्नुहोस्