नेपालले वेस्ट इन्डिजलाई दियाे १३४ रनको लक्ष्य

50
0
Share:

काठमाडाैं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको अर्धशतकिय साझेदारीमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो ।

नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाए ।  यस विश्वकपमा पहिलो खेल खेलिसकेका सोमपाल कामीले अविजित २६ रन बनाए ।

लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ गुलशन झाले ११ रन जोडे ।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार तथा अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्