गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय

Share:

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संघीय संसद्‌मा अवरोध जारी राख्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि जानकारी दिँदै पार्टी सचिव लिलामणि पोखरेलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएकाले छानबिनलाई सहज बनाउन उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको बताए। “राजीनामा नआएसम्म संसदमा अवरोध कायमै रहन्छ,” पोखरेलले स्पष्ट पारे ।

यसअघि पनि माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले लेखकको राजीनामाको माग गर्दै संसद्‌ अवरुद्ध गर्दै आएका थिए। तर आगामी जेठ १५ गतेको बजेट प्रस्तुतिको दिन संसद सञ्चालनमा सहजता ल्याउन प्रतिपक्षी दलहरूले अवरोध नगर्ने निर्णय गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्