
काठमाडाैं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसुचक ७.७५ अंकले घटेर २६९८ अंकको विन्दुमा कायम भएको छ ।
\n
आज ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको मूल्य घटेको छ ।
\n
आज ८ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ५३ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
\n
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एनएमबि हाइब्रिट फन्ड २ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ७.९० प्रतिशतका दरले गुमाएका हुन् ।
\n\n
कमेन्ट गर्नुहोस्








