
काठमाडौं । पशुपती रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।
उक्त सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष डा सन्दिप शाह तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृतदीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडी बढाउने कम्पनीका अध्यक्ष शाहले बताए ।
वैकल्पिक ऊर्जामा लगानी गर्न स्थापना भएको उक्त कम्पनीले हाल १० मेगावाटको धरमनगर सोलार फार्म आयोजना पहिलो र १५ मेगावाटको धरमनगर सोलार फार्म दोस्रो आयोजना यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्








