घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

201
0
Share:

काठमाडौं । आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि आइतबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्