एनसेललाई नवीकरणको २० अर्ब शुल्क ४ किस्तामा बुझाउने दिने निर्णय

140
0
Share:

काठमाडौँ । सरकारले एनसेल मोबाइल लाइसेन्सको नवीकरणको शुल्क चार किस्तामा बुझाउने शर्तमा नवीकरण गर्न दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेललाई नवीकरण शुल्क वापतको  २० अर्ब रुपैयाँ किस्ताबन्दीमा तिर्न दिने शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको हो ।

बैठकले एनसेलको नवीरकणबापतको दस्तुर २० अर्बको ब्याजसहित ४ किस्तामा बुझाउने शर्तमा एनसेलको मोबाइल लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको हो।

यससँगै अब एनसेलले पहिलो किस्ता बुझाएपछि मोबाइल नवीकरण हुनेछ भने एनसलले २० अर्ब दस्तुरको ब्याजसहित ४ किस्तामा रकम बुझाउनु पर्ने छ ।

कमेन्ट गर्नुहोस्