सानिमा बैंकमा जागिर खुल्यो, कति चाहिन्छ योग्यता ?

113
0
Share:

काठमाडौं । सानिमा बैंक लिमिटेडले असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि कर्मचारी मागेको गरेको छ । बैंकले सबै प्रदेशका गाँउपालिकामा रहेका शाखा कार्यालयका लागि उक्त पदमा कर्मचारी माग गरेको हो ।

आवेदक असिस्टेन्ट ट्रेनी पदका लागि २५ वर्ष पुरा नभएको र व्यवस्थापन संकायमा ४५ प्रतिशत अथवा २.७५ सिजीपीए ल्याएर स्नातक तह उत्रिण गरेको हुनु पर्नेछ ।  तर वाणिज्य बैंकमा १० महिना काम गरेको अनुभव भएका आवेदकको उमेर भने २८ वर्ष नकटेको हुनु पर्ने बैंकले जनाएको छ ।

त्यस्तै,  २५ वर्ष पुरा नभएका आवेदकले जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि सेकेण्ड डिभिजन अथवा २.४ सिजीपीए ल्याई १२ कक्षा उत्रिण गरेको हुनु पर्नेछ । योग्यता पुगेका इच्छुक आवेदकले भदौ २७ गतेसम्म लागि आवेदन सक्ने बैंकले जनाएको छ।

 

 

कमेन्ट गर्नुहोस्