
काठमाडाैं । एमजी मोटर्सले आगामी दसैंको अवसरमा काठमाडौंमा दुई नयाँ अत्याधुनिक सेवा केन्द्रहरूको उद्घाटन गर्ने घोषणा गरेको छ ।
पारामाउन्ट मोटर्स एमजी मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता र वितरकले विस्तारको तयारी गरेको हो ।
कुसुन्तीमा स्थापना गरिएको पाइलोण सेवा केन्द्रको सफलतापछी एमजी मोटर्स नेपालले अब सुकेधारा र सल्लाघारीमा थप सेवा केन्द्रहरू खोल्ने निर्णय लिएको हो । यी नयाँ केन्द्रहरू २०२४ को सेप्टेम्बरको अन्त्य र अक्टोबरको प्रारम्भको बीचमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
नयाँ सेवा केन्द्रहरू कुसुन्तीमा स्थापित गरिएको अत्याधुनिक प्रविधि र उच्च सेवा मानकलाई अवलम्बन गर्नेछन् ।
एमजी मोटर्स नेपालका प्रवक्ताले भने, ‘हामी सुकेधारा र सल्लाघारीमा नयाँ केन्द्रहरूको उद्घाटन गर्दै आफ्नो सेवा नेटवर्कलाई विस्तार गर्न पाउँदा खुशी छौं। हाम्रो उद्देश्य कुसुन्ती केन्द्रले प्रदान गरेको उत्कृष्ट सेवा र समर्थनलाई थप विस्तार गर्नु हो। यी नयाँ स्थानहरूले काठमाडौंभरी एमजीका ग्राहकहरूलाई हाम्रो बिक्रीपछिको सेवासम्म सजिलो पहुँच प्रदान गर्नेछन्।’








