
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।
सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगरी बरु प्रोत्साहन गर्ने भन्दै सरकारले कुनै पनि किसिमको शक्तिको दुरुपयोग गर्ने काम नगर्ने बताएका हुन् ।
सरकारले कसैलाई फसा भनेर समेत नभन्ने भन्दै उनले राज्य शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउनु आपराधिक क्रियाकलाप भएको समेत बताए । ‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, उनले भने, ‘यो सरकारले भात-रोटी खान्छ, घुस, पैसा खाँदैन ।’
ओलीले प्रहरीलाई काम गर्न पूर्ण स्वतन्त्रता रहेको समेत बताए ।
कमेन्ट गर्नुहोस्








