
काठमाडाैं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ को विन्दुमा झरेको हो।
आज ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड ५ लाख रुपयाँमाथिको सेयर कारोबार भएको छ । आज ६० कम्पनीको मात्रै सेयरमूल्य बढेको छ भने १८४ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै अपि पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको हाे । हिमालयन रिइन्स्योरेन्सको ७३ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ५१ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै मन्दकिनी हाइड्रोपारका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९.९१ प्रतिशतका दरले गुमाएका हुन् ।
आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्
अपी पावर ८५ करोड ६८ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ७३ करोड ४३ लाख रुपैयाँ,शाइन रेसुंगा डेभलपमेन्ट बैंक ५१ करोड ९६ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावर ३७ करोड १६ लाख रुपैयाँ,शिवम सिमेन्ट ३२ करोड १८ लाख रुपैयाँ,गुडविल फाइनान्स ३१ करोड ६६ लाख रुपैयाँ
ज्योति विकास बैंक ३० करोड ३४ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर २९ करोड ७८ लाख रुपैयाँ,मल्टीपर्पस फाइनान्स २८ करोड ३ लाख रुपैयाँ
नेपाल फाइनान्स २६ करोड ६६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।








