गायक बिरज महर्जनको नेपाल र नेपाली भाषाका दुई म्युजिक भिडिओ सार्वजनिक

Share:
  1. उदयमान युवा गायक बिरज महर्जनद्वारा स्वरवद्ध नेपाली र नेपाल भाषाको दुईवटा गीतका म्युजिक भिडिओ एकैसाथ शनिवार सीटीसी मलमा आयोजित एक भव्य समारोहमा लोकार्पण गरिएको छl सो समारोहमा गीत-सङ्गीत तथा कलाकारी क्षेत्रका प्रतिष्ठित कलाकार, सञ्चारकर्मी  गरी  अन्य 3 भन्दा बढी अतिथिहरुको उपस्थितिमा गोदावरी नगरपालोकाका मेयर गजेन्द्र महर्जनको प्रमुख अतिथि रहेको थियो।

सो समारोहमा नेपाली भाषाको गित‘तिमी आउने बाटो भरि’ र नेपाल भाषाको गित`नक्कलिम्ह मयजु´ एकै चोटि सार्बजनिक भयेको थियो ।

नेपाली भाषाको गित ‘तिमी आउने बाटो भरि’ बद्रि देसारको शब्द/सङ्गीत तथा जुगल डंगोलले सङ्गीत संयोजन गरेका छन् भने सायद कार्कीको निर्देशनमा भिडिओ छायाङ्कन भएको हो । प्रद्युम्न मिश्रको सिनेमाटोग्राफी र कृष्ण भण्डारीको सम्पादन रहेको यस म्युजिक भिडिओमा अभिषेक जोशी, मिशेल घिमिरे र कृष्णभक्त महर्जनले अभिनय गरेका छन।

यसैगरी नेपाल भाषाको अर्को गीत´नक्कलिम्ह मयजु´ भने सुरजवीर बज्राचार्यको रचनामा प्रसिद्ध सङितकार जुगल डंगोलको सङ्गीत तथा सङ्गीत संयोजन  रामकृष्ण खड्गीको परिकल्पना एवं निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा रकी महर्जनको सिनेमाटोग्राफी र आर.आर. को सम्पादनबिर। भिडिओमा मनोज महर्जन र हसना महर्जनले अभिनय गरेका छन् ।Highlight Nepal द्वारा एकैचोटि प्रसारित दुईवतै गितमा गायक बिरजको  गायकी तथा भिडियोको सबैले खुलेरै प्रशंसा गरेका थिए ।

गायक बिरजको शुभ जन्म दिनको शुभ अबसर पारेर लोकार्पन गरियका दुबै म्युजिक भिडिओका निर्माता गायक महर्जनका बाबू आमा द्वय विनोद महर्जन र रत्नकुमारी महर्जन हुन् ।

समारोह सम्पन्न पश्चात् परिवारजन तथा साथिभाइहरुको सङ्ग्लतामा समयबजीको ब्यबस्था गरिएको थियो ।

कमेन्ट गर्नुहोस्