अभिनेता बन्दै नेता ओली, ‘नमेटिने घाउ’ नामक चलचित्रमा अभिनय गर्ने

Share:

देशको प्रभावशाली नेता तथा पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अभिनेता बन्ने भएका छन्।

ओलीले अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशन रहने ‘नमेटिने घाउ’ नामक चलचित्रमा प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्न लागेका हुन्।

राजधानी काठमाडौंमा आइतबार औपचारिक घोषणा गर्न आयोजित कार्यक्रममा चलचित्र तेजाब आक्रमणमा परेका किशोरी र महिलाको जीवनका कथालाई समेटिने बताइएको छ। तेजाब आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाउन लागिएको चलचित्र शिवम् अधिकारीले साढे दुई वर्ष लगाएर लेखेको कथामा आधारित छ भने ओम सुनारको संगीत रहेको छ ।

रमित ढुंगाना फिल्म प्रोडक्शन ब्यानरमा निर्माण हुने चलचित्रमा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, मुस्कान खातुन, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, सिम्रन खड्का,  सुप्रज्ञा शर्मा, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहालगायतका कलाकारहरुको अभिनय रहनेछ।

कमेन्ट गर्नुहोस्