घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

236
0
Share:

काठमाडौं। नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ भने । चाँदीकाे मूल्य भने स्थिर रहेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार छापावाल सुन एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्