काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ। बा२झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको हो।
गाडीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार थिए। उनी सवार उक्त गाडीलाई नियन्त्रणमा लिएर रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयमा प्रदर्शनमा उत्रिएका युवाहरूले गाडीमा आगजनी गरेका हुन्।
मन्त्री ज्वाला र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएको बताइएको छ। प्रहरीका अनुसार मन्त्री सकुसल रहेका छन्।
आगजनीबाट गाडी भने जलेर पूर्ण नष्ट भएको छ ।
कमेन्ट गर्नुहोस्