चन्द्रागिरीमा ९ लाख बराबरको धनमाल चोरी

Share:

काठमाडौं । चन्द्रागिरीबाट ९ लाख बराबरको धनमाल चोरी भएको छ ।

सोमबार राति चन्द्रागिरी नगरपालिका-५ बाणस्थली बस्ने अमृत कुमार खरेलको घरबाट नगद १ लाख ३० हजार रुपैयाँ तथा सुनका विभिन्न गहना गरी करिब ९ लाख २७ हजार ७ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीको जानकारी अनुसार चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी भइरहेको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्