
काठमाडौं । चर्चित भारतीय अभिनेता प्रभासको फिल्म ‘सालार’ मा भारतीय रियालिटी शो ‘इण्डियन आइडल’ मा चर्चामा रहेकी नेपालकी किशोरी मेनुका पौडेलले गीत गाउने अवसर पाएकी छन् । उनले पार्श्व गायनमा अवसर पाएकी हुन् ।
मेनुकाले आइतबार राति प्रसारण भएको इण्डियन आइडलको एपिसोडद्वारा सालारमा गीत गाउनेबारे जानकारी दिएकी हुन्। फिल्ममा उनले संगीतकार रवि बसरुरको संगीतमा स्वर भर्नेछिन्।
उनले भनिन्, ‘यो मेरो पहिलो टर्निङ प्वाइन्ट हो। जहाँ म पहिलो प्लेब्याक गायनका पहिलो गीत गाइरहेकी छु। मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु’ ।
उक्त एपिसोडमा मेनुकाले सालारका लागि स्टुडियो पुगेर गीत गाउन लागेको भिडियो समेत देखाइएको छ। यो खबर सुनेपछी सबै जजहरुले उठेर सम्मान र खुसी व्यक्त गरेका थिए।
कमेन्ट गर्नुहोस्







