लुम्बिनी विकास बैंकको लाभांश घोषणा

Share:

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाद्वारा लुम्बिनी विकास बैंकले ८.५० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ४.५० प्रतिशत नगद लाभांश रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

कमेन्ट गर्नुहोस्