
काठमाडौं। एसीसी यू–१९ एसिया कप अन्तर्गत आज नेपाली टिमले अफगानिस्तानबिरुद्द खेल्ने भएको छ। प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ।
पाकिस्तानसँग प्रतियोगिताको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको थियो भने अफगानिस्तान भारतसँग सात विकेटले नै पराजित भएको थियो।
नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा यो खेल सुरु हुनेछ भने समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार नेपालले भारतसँग खेल्नेछ।
कमेन्ट गर्नुहोस्