
काठमाडौं । मुलुकमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूको व्यवसायमा सङ्कुचन आइरहेको छ । कात्तिकमा दुई अर्ब २८ करोड रुपियाँको हाराहारीमा कुल बिमा शुल्क आर्जन निर्जीवन बिमा कम्पनीहरूले गरेका छन् ।
नियामक निकाय नेपाल बिमा प्राधिकरणले प्रकाशित गरेको निर्जीवन बिमा कम्पनीहरूको कात्तिकको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सङ्कलित बिमा शुल्कभन्दा २३ करोड १२ लाख ६८ हजार रुपियाँ कम अर्थात् ९.१९ प्रतिशत कम बिमा शुल्क उठेको हो ।
चालु आवकै असोजको तुलनामा पनि यो बिमा शुल्क सङ्कलन एक अर्ब सात करोड रुपियाँ अर्थात् ३२।०१ प्रतिशतले कमी हो । असोज महिनामा निर्जीवन बिमा कम्पनीहरूले तीन अर्ब ३६ करोड छ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका थिए ।
कम्पनीहरूको बिमाङ्क रकममा पनि उच्च गिरावट आएको छ । कात्तिकमा कम्पनीहरूको बिमाङ्क रकम पाँच खर्ब ४८ अर्ब ८९ करोड ६० लाख रुपियाँ रहेको छ ।
तुलनात्मक जुन अघिल्लो महिनाकै झन्डै चार खर्बले कमी हो । अघिल्लो महिना नौ खर्ब २९ अर्ब ६९ करोड सात लाख रुपियाँ रहेको थियो।