
काठमाडौं। एसीसी यू १९ एसिया कपको आजबाट यूएईमा सुरु भएको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध खेलिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ ।
गुलशन झालाई नेपालले चौथो विकेटको रुपमा गुमाएको हो । उनी २१ रनमा आउट भएका छन् । ३५ बलमा ३ चौका हिर्काएका उनले २१ रन जोडेका थिए ।
यूएई क्रिकेट मैदानमा टस जितेर पाकिस्तानले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्ता पाएको थियो । पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कप्तान देव खनाललाई तेस्रो विकेटको रुपमा शून्य रनमा गुमाएको थियो ।
ताजा अवस्थामा खेलको १८ ओभर चलिरहँदा ५ विकेट गुमाएर ४७ रन जोडेको छ ।
कमेन्ट गर्नुहोस्