टिकटक प्रतिबन्ध विरुद्धको रिटमा सुनुवाइ आज

Share:

मंगलबार, १९ मंगशिर । गत कार्तिक २७ बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिरुद्ब गएको भन्दै टिकटकमाथिको प्रतिबन्ध विरुद्ध परेका १४ बटा रिटको आज एकै पटक सुनुवाई हुने भएको छ। न्यायाधीश विनोद शर्माको एकल इजालासले मंसिर पाँच गते अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो।

केन्द्र सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकोमा र्सवसाधारणले अभिव्यक्तिको मौलिक हक बिरुद्ध भएको भन्दै बिरोध जनाइरहेका थिए ।

कमेन्ट गर्नुहोस्