
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट हुने भएको छ । आइपीओ बाँडफाँट बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा भएको हो ।
आईपीओमा कुल १३ लाख ४० हजार १९९ आवेदन परेको थियो । जसमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।
सर्वसाधारणका लागि कम्पनीले दोस्रो चरणमा आइपीओ निष्कासन गरेको थियो । नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने कम्पनीले अनुमति पाएको थियो ।
१० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले पहिलो चरणमा निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणका लागि जारी गरेको थियो ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आईपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ ।
यी तिन तरिकाबाट हेर्न सकिनेछ ।
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/ बिक्री प्रबन्धकको वेबसाइट https://www.nimbacecapital.com/ मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login







