
धनकुटा- कोशी प्रदेशको धनकुटामा वडाध्यक्षलाई घरभित्र थुनेर घर बाहिरबाट अज्ञात समुहले आगजनी गरेको छ। पाख्रिबास नगरपालिका–६ का वडाध्यक्ष देबेन्द्र गुरागाईको घरमा शनिबार राति आगजनी भएको हो।
राति माथिल्लो तलामा सुत्न गएपछि भुई तला जाने ढिकमा मुनिबाट ताला लगाई तल्लो तलामा रहेको लुगा जम्मा गरेर आगो लगाइदिएको पाइएको प्रहरीले जनाएको छ।
कपडा डढेको गन्ध आएपछि उठेर हेर्दा बाहिरबाट चाबी लगाएको देखेर छिमेकीलाई बोलाइ खोल्न लगाएका थिए। लुगा एकै स्थानमा जम्मा पारेर आगो लगाइएको र नजिकै ग्याँसको सिलिन्डर राखेको पाइएको छ। आगलागीबाट कपडा जलेर नष्ट भएको छ। समयमै थाहा पाएकाले ठूलो घटना हुनबाट जोगिएको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
कमेन्ट गर्नुहोस्







