नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न,चुक्ता पुँजी १ अर्ब माथी

Share:

काठमाडौं ।  नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०७९/८० को वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले २८.५% बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका निम्ति १.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस पश्चात कम्पनीको चुत्ता पुँजी रु. १,००६,६३७,९०० बराबरको हुनेछ ।

बैठकले अधिकृत पूँजी वृद्धि गरी रु २ अर्ब पुर्याउन स्वीकृत गरेको छ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुढृढ बनाउनका लागि उक्त पूँजी प्रयोग गर्नेछ ।

साधारण सभाले कम्पनीको शेयर स्वामित्व संरचनामा साविक झैं नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मात्र कायम रहने गरीे गाभ्न/गाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

कम्पनीमा नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरुको ९०% स्वामित्व रहेको छ । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र निदेशक गरी क्रमशः १/१ जना रहेका छन् ।

आ.व. २०७९÷८० मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या १६% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ६% ले वृद्धी भएको छ ।

कमेन्ट गर्नुहोस्