
काठमाडौं । प्रधानसेनापति बन्ने रोलक्रममा रहेका नेपाली सेनाका उपरथी अशोक सिग्देलको जन्ममिति पनि विवादमा परेको छ । जन्ममिति विवादकै कारण केही दिनअघि अर्का उपरथी ताराध्वज पाण्डेले राजीनामा गरेका थिए ।
रथी पदका लागि सिफारिसमा परेका सिग्देलले जन्ममिति सच्याई वास्तविक सेवावधिभन्दा बढी समय काम गरेको उल्लेख छ २०७६ मा प्रधानमन्त्री सेनापति पूर्णचन्द्र थापाको नागरिकता र शैक्षिक प्रमाणत्रबारे छानबिन गर्न तत्कालनी समयमा रथी पदमा रहेका प्रभुराम शर्माको अध्यक्षतामा गठित समितिले सिग्देललाई जन्ममिति सच्याउने अवसर दिएको उजुरीकर्ताको दाबी छ ।
त्यही बेला यसअघि राजीनामा दिएका पाण्डेले पनि जन्ममिति सच्याउने अवसर पाएको उल्लेख छ । उजुरीअनुसार सिग्देलले २०२१ सालको जन्ममितिलाई २०२३ साल बनाई अहिलेसम्म कार्यरत रहेको हुन् । अब एउटै गल्ती गरेकाले पाण्डे र सिग्देललाई फरक सजाय हुन नसक्ने भएकाले सेवाबाट हटाउन पनि उजुरीमा माग गरिएको छ ।
यसअघि रथी बढुवा वरियतामा पाण्डे र अर्का उपरथी निर्मलकुमार थापा पनि उस्तै मुद्दामा मुछिएका छन् ।उनीहरुको पनि शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परिसकेको छ ।
यसरी, सेनाका उच्च अधिकारीहरू नै एकपछि अर्को गरि नक्कली र किर्ते कागजात मुद्दामा फस्न थालेपछि सिंगो सैनिक संगठनमाथि नै प्रश्न उठ्न थालेको छ ।









