
संघीय संसदका दुबै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूको १० दिनभन्दा बढी समयको बिदा स्वीकृत गर्ने, सांसदहरूले सोधेका प्रश्न टेबल गर्ने, शीर्ष नेताहरुले सम्बोधन गर्ने सम्भावित कार्यसूची रहेको छ।
यता राष्ट्रिय सभामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्योहोरा जानकारी गराइने छ।
साथै, बिधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘विद्युतीय व्यापार विधेयक २०८०’ सम्बन्धी समितिको प्रतिबेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ।
कमेन्ट गर्नुहोस्







